काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो ।
एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले नेपाललाई फागुन १६ गतेसम्मको समय दिएको छ ।