आइतबारको संसद् बैठकको सम्भावित कार्यसूचीमा पनि अटाएन एमसीसी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आइतबारको संसद् बैठकको सम्भावित कार्यसूचीमा पनि अटाएन एमसीसी


७ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । आइतबार प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरे पनि संसद् सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा भने सम्झौताबारे केही उल्लेख छैन ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने मात्रै छ ।

सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकेको छैन । सरकार फागुन १६ गतेभित्र एमसीसीलाई टुङ्गो लगाउनुपर्ने दबाबमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस