कमल थापाले आज पार्टी घोषणा गर्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कमल थापाले आज पार्टी घोषणा गर्दै


७ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । कमल थापाले शनिवार औपचारिक रूपमा राप्रपा नेपाल पार्टीको घोषणा गर्दै छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिवार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् ।

पार्टी घोषणाअघि थापाले आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन आह्वान गरेका छन् ।

अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू पाँच वर्षको अलमलपछि आफ्नो पुरानो घर राप्रपा नेपाल फर्किएको बताए । राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गर्दै थापाले भने, ‘विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने सङ्कल्प गरेका छौँ। यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गर्दछु। विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन आह्वान गर्दछु ।’

लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा नेपालको थापा अध्यक्ष बनेका हुन् । लाक्पाले थापालाई अध्यक्ष स्विकारेर पार्टी कमल थापाको जिम्मा लगाएका हुन् । तत्कालीन राप्रपा नेपाल राप्रपामा समाहित भएपछि लाक्पाले राप्रपा नेपाल आफ्नो नेतृत्वमा दर्ता गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस