बिल गेट्स पाकिस्तानमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बिल गेट्स पाकिस्तानमा


६ फाल्गुन २०७८, शुक्रबार


इस्लामावाद । बिल एन्ड मेलिन्दा फाउन्डेसनका सह अध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् ।

उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी गर्ने बताइएको छ ।

उनले बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग पनि भेटवार्ता गरेका छन् । त्यस क्रममा उनले पोलियो उन्मुलनका विषयमा कुराकानी गरेको बताइएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उनीहरुका बीचमा भएको भेटका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा पोलियो उन्मूलनका लागि बिल एन्ड मेलिण्डा फाउन्डेसनले गर्दै आएको निरन्तर सहयोगको प्रशंसा गरेको जनाइएको छ ।

सो फाउन्डेसनले विगत लामो समयदेखि नै पाकिस्तानमा पोलियो रोगको उन्मूलनका क्षेत्रमा काम गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस