एमसिसीमा सहमति नभए गठबन्धन चल्दैन : गगन थापा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एमसिसीमा सहमति नभए गठबन्धन चल्दैन : गगन थापा


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसिसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् ।

आज (शुक्रबार) संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले सङ्कल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुङ्गो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’

महामन्त्री थापाले अघि भने, कुराकानी पनि नमिल्ने, गठबन्धन पनि चलिराख्ने भन्ने हुँदैन ।’

उनले एमसिसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए । भन्छन्, ‘यो अहिले राष्ट्रघाती छ, चुनावपछि पनि राष्ट्रघाती हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस