गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका छन् ।

शुक्रवार बिहान सत्ता गठबन्धनका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका प्रधानमन्त्री देउवाले त्यस लगत्तै गृहमन्त्री बालकृष्ण खान, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् । देउवासँगको परामर्शमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सहभागी छन् ।

शीर्ष नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी स्थायी समितिमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने र पार्टीको बैठक फागुन सातमा बोलाएकाले एमसीसी टेबल गर्न केही दिन रोक्न आग्रह गरेका थिए । नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएपछि पुनः गठबन्धनको बैठक फागुन ८ मा राख्न राजी भएका थिए ।

बालुवाटार स्रोतका अनुसार नेपालको आग्रहअनुसार अर्को बैठक फागुन ८ मा राखिएको छ । त्यसका लागि एक हिसाबको अन्डरस्ट्याण्डिङ बिहीबारै भैसकेको थियो । ’एमसीसीमा माधव नेपाल पोजेटिभ हुनुहुन्छ र उहाँले पक्षमा मतदान गर्छौ भनेर भन्नुभएको छ एक नेताले भने’ ।

Tags :
प्रतिक्रिया दिनुहोस