अध्यक्ष प्रचण्ड, माधव नेपाल र जसपा नेता श्रेष्ठबीच छलफल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अध्यक्ष प्रचण्ड, माधव नेपाल र जसपा नेता श्रेष्ठबीच छलफल


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेका छन् ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

उनीहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग परियोजना एमसिसी र सत्तारुढ गठबन्धनको भविष्यबारे कुराकानी भएको हुन सक्ने नेताहरु निकट स्रोतको भनाइ छ ।

हिजो (बुधबार) सरकारले एमसिसी सम्झौता संसद् बैठकमा टेबल गर्ने तयारी गरेको थियो । तर सत्तारुढ गठबन्धनभित्रको विवादका कारण पेस हुन सकेन ।

Tags :
प्रतिक्रिया दिनुहोस