२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने

अ+ अ-

गलेश्वर । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्त्वपूर्ण योगदान दिएका थिए ।

‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसकेका उनले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्त्वपूर्ण योगदान बापत सो सम्मान अर्पण गर्न लागिएको हो ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पुनलाई सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

प्रदेशको सबैभन्दा ठुलो विभूषणका रूपमा ‘गण्डकी रत्न’ लाई लिइन्छ । प्रदेश सरकारको स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा बुधबार उनलाई सो सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।

‘पुनले विज्ञान र प्रविधिको क्षेत्रमा दिएको योगदानको कदर गर्दै मन्त्रिपरिषद्ले उनलाई नै यस वर्षको गण्डकी रत्न दिने निर्णय गरेको हो,’ सरकारका प्रवक्ता खड्काले भने ‘प्रत्येक वर्ष तीन जनालाई गण्डकी रत्नबाट विभूषित गर्ने भनिएको भए पनि यो पहिलो वर्षमा एक जनालाई मात्रै विभूषित गरिएको छ।’

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गत माघ चार गते सूचना जारी गर्दै सम्मानको दाबी गर्नेहरूबाट आवेदनको आह्वान गरेको थियो ।

यस क्रममा भाषा, साहित्य, खेलकुद, पर्यटन, समाज सेवा, संस्कृति, उद्योग लगायतका क्षेत्रमा काम गर्दै आएका आठले आवेदन दिएका थिए । उनीहरू कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई/दुई तथा लमजुङका एक थिए ।

‘गण्डकी रत्न’ पाउने व्यक्तित्वलाई गण्डकी प्रदेशमा आयोजना हुने सभा समारोहमा प्रदेशसभा सदस्य सरहको मान्यता र सुविधा दिने व्यवस्था छ ।

पुन अहिले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान र प्रविधिको क्षेत्रमा क्रियाशील छन् । सन् १९९५ जनवरी २२ मा म्याग्दीको नागी गाउँमा जन्मिएका पुन सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गरेका हुन् ।

उनले स्नातकोत्तर पूरा गरेपछि २४ वर्षपछि जन्म गाउँ फर्किएर कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी आफ्ना योजना अगाडि बढाएका थिए ।

पछि सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफा रहित संस्था ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेर प्रविधिको खोजी र अनुसन्धानमा तल्लीन रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस