अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह


५ फाल्गुन २०७८, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय सङ्कट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्।

उनले अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठुलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताएका छन् ।

उनले संयुक्त राष्ट्रसङ्घले पनि अफगानिस्तानलाई सहयोग गरिरहेको भन्दै अरु विदेशी दाता देशहरु तथा सहयोगी निकायहरुलाई पनि सो आग्रह गरेका छन् ।

महासचिव गुटर्रेसले अफगानिस्तानका लागि विशेष पहल र अभियान सञ्चालन गर्न जरुरी रहेको बताएका छन् । यहाँका नागरिकको अवस्था नाजुक रहेको, खाना आधारभूत औषधि तथा अन्य अत्यावश्यकताका साधनहरुको पनि खाँचो परिरहेकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको महासचिव गुटर्रेसको जोड छ ।

अफगानिस्तानलाई खाद्यान्न, लत्ताकपडा, औषधिजस्ता विषयहरु विभिन्न देश र दाताहरुले पछिल्लो समयमा सहयोग गरिरहेका छन् । तर पनि त्यो सहयोग पर्याप्त नरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस