काँग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिन सर्‍यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेसको १६ जिल्लाको अधिवेशन दुई दिन सर्‍यो


५ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने भएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि आगामी फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारिएको सचिव केशव रिजालले जानकारी दिए ।

काँग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस