२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेरी पुलसहित रिम्ना–तल्लुबगर सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत

अ+ अ-

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रिम्नादेखि तल्लुबगरसम्मको सडकको स्तरोन्नति गर्नका लागि बजेट स्वीकृत भएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भएसँगै यस सडकखण्डका लागि एक अर्ब ८० करोड स्वीकृति भएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

अहिले सदरमुकाम खलङ्गाको पासागाडदेखि रिम्नासम्मको सडकमा स्तरोन्नतिको काम जारी रहेको छ । एक सय १७ किलोमिटर सडकखण्डमध्ये दुई वर्षअघि पासागाड–रिम्नाको स्तरोन्नतिका लागि बोलपत्र भई अहिले काम जारी रहेको छ भने बाँकी रिम्नादेखि नलगाड नगरपालिकाको तल्लुबगरसम्म सडक स्तरोन्नतिका लागि बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको उनले बताए ।

त्यस्तै जाजरकोटको नलगाड नगरपालिका–८ मन्मैदेखि रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको ठाँटीखोला जोड्नका लागि यातायात चल्ने भेरीनदीको पुल निर्माणका गर्न बजेट स्वीकृत भई बोलपत्र गर्ने अन्तिम चरणमा पुगेको छ ।

सो पुल निर्माणका लागि २४ करोड स्वीकृत भएको बस्नेतले बताए ।

त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डकै बीचबीचमा रहेको भेरी नदीमा पुल निर्माण कार्यसमेत जारी रहेको छ । बेलिब्रिज निर्माण गरेर तत्काल यातायातका साधन सञ्चालन गर्न सजिलो हुने भएकाले यो आर्थिक वर्षको अन्तिममा पुल निर्माण कार्य सकिने सडक डिभिजन चौरजहारीका प्रमुख धु्रव झाले बताए ।

जाजरकोट खण्डका अधिकांश पुल निर्माण भइसकेकाले डोल्पा खण्डमा मात्र अहिले पुलको काम निरन्तर भइरहेको छ । त्यस्तै रुकुम पश्चिममा एक घर एक धारो निर्माणका लागि एक अर्ब बजेट स्वीकृतकै चरणमा गएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताए ।

उनका अनुसार नदुवा राडी सडक स्तरोन्नतिका लागि ३० करोड, फुसको छाना हटाउन आठ करोड, राडी बजार क्षेत्रमा सहरी पूर्वाधारका लागि ५० करोड स्वीकृत भएको छ । छहरेबगर गोतामकोट १० किलोमिटर सडकका लागि ५० करोड बजेट स्वीकृत भई बोलपत्र आह्वान गर्ने चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस