लागूऔषधसहित सर्लाहीबाट एक युवक पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लागूऔषधसहित सर्लाहीबाट एक युवक पक्राउ


५ फाल्गुन २०७८, बिहिबार


पक्राउ

सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

नेपाल–भारत सीमास्थित मलंगवा नगरपालिका–८, बाट चेक जाँचका क्रममा लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो ।

साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटां, एक बोटल कफ) रेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो ।

पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस