कुनै सांसदले एमसिसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन : भीम रावल « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कुनै सांसदले एमसिसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन : भीम रावल


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसिसीमा थुप्रै ‘राष्ट्रघाती प्रावधान’ रहेको भन्दै त्यो स्वीकार गर्न नहुने बताएका छन् ।

आज (बुधबार)को संसद् बैठकपछि संवाददाताहरूसँग कुराकानी गर्दै नेता रावलले भने, ‘एमसिसीका थुप्रै प्रावधान राष्ट्रघाती छन् । कुनै पनि संसदको सदस्यले एमसिसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन ।’

रावलले एमसिसी सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानुन समेत मान्नुपर्ने प्रावधान रहेको दाबी गरे ।

‘सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानुन मान्नुपर्ने लेखिएको छ,’ रावलले भने, ‘अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा बाहेकका कुनै पनि काम गर्न नपाइने भनिएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस