एमसीसीको विरोध गर्दै राप्रपा पनि सडकमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमसीसीको विरोध गर्दै राप्रपा पनि सडकमा


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । एमसीसीको विरोधमा राप्रपा पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् ।

माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल क्षेत्रमा रोकेको छ ।

विरोध प्रदर्शनका कारण अहिले माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ ।

सरकारले आज एमसीसी पास गर्ने प्रस्तावमा संसदमा पेस गर्ने तयारी गरेपछि बानेश्वर वरपरको क्षेत्रमा प्रदर्शन गर्नेहरूको संख्या बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस