कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा नेपाली काँग्रेसका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक पुष्पा भुसाल सहभागी छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रेखा शर्मा, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका उमाशङ्कर अरगरिया छन् । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) भने अनुपस्थित रहेको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता टेबुल गर्ने कार्यसूची राख्ने वा के गर्ने भन्ने विषयमा सत्ता गठबन्धन दलभित्र सहमति जुटाउने प्रयास भइरहेको बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस