एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमसीसीबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक सुरु


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । एमसीसीबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

बिहान ८ बजे बोलाइएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।

आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले हिजो जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस