दैलेख जिप दुर्घटना: एकको मृत्यु, छ घाइते « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दैलेख जिप दुर्घटना: एकको मृत्यु, छ घाइते


४ फाल्गुन २०७८, बुधबार


दैलेख । दैलेखको महाबु गाउँपालिका–४ फागुमा बोलेरो जिप दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

सदरमुकाम नारायण नगरपालिकादेखि महाबु गाउँपालिकाको कासिकाँध जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२६४ नम्बरको बोलेरो आज साँझ दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले दुर्घटनामा मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ४० वर्षीय रामबहादुर हमाल रहेको बताए ।

घाइते अन्य छ जनाको उपचारका लागि अस्पताल पठाइएको भए पनि उनीहरुको परिचय भइनसकेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस