एमसीसीबारे निर्णय गर्न संसद बैठकअघि माओवादी संसदीय दलको बैठक बस्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमसीसीबारे निर्णय गर्न संसद बैठकअघि माओवादी संसदीय दलको बैठक बस्दै


४ फाल्गुन २०७८, बुधबार


काठमाडौँ। संसद बैठक बस्नुअघि नेकपा (माओवादी केन्द्र) को सङ्घीय संसदीय दलको बैठक बस्दैछ । (बुधबार) आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबिच माओवादी केन्द्रले बिहान ८ बजे माओवादीको संसदीय दल बैठक बस्न लागेको हो

बैठकमा एमसीसीबारे माओवादीले निर्णय लिने सम्भावना छ । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

संसद बैठक १ बजे बस्दैछ । संसद सचिवालयले हिजो (मङ्गलवार) जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन । हिजो (मङ्गलवार) प्रधानमन्त्री र कानूनमन्त्री लगायतले आज (बुधबार) एमसीसी टेबुल गर्ने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस