दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन गरेको छ ।

सिंहदरबारमा आज (मंगलबार) बसेको सबै राजनीतिक दलका दलित भ्रातृ संस्थाका नेताहरूको बैठकले विगतमा दलित आन्दोलनबाट प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा, रणनीति, आचारसंहितालगायत दस्ताबेज तयारीका लागि कार्यदल गठन गरेको हो ।

दलहरूले काँग्रेस केन्द्रीय सदस्य एवम् नेपाल दलित सङ्घका अध्यक्ष मीन विश्वकर्माको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका छन् । कार्यदलको सदस्यहरूमा बुद्धि नेपाली, रणबहादुर रम्तेल, दिपक सोनी, त्रिलोचन विक, सरोज दिलु विश्वकर्मा, शोभा सेन्चुरी र रुपा सुनार छन् ।

आगामी दलित आन्दोलनको कार्यदिशा, रणनीति, वरीयता क्रम, आचारसंहितालगायत कार्यभारसहित कार्यदललाई जिम्मेवारी दिइएको नेकपा (माओवादी केन्द्र)का नेता बुद्धि नेपालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस