अश्लील शब्द बोलेको अडियो सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयद्वारा कानुनी परामर्श सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अश्लील शब्द बोलेको अडियो सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयद्वारा कानुनी परामर्श सुरु


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएको सम्बन्धमा मन्त्री आलेको सचिवालयले कानुनी परामर्श सुरु गरेको बताएको छ ।

आज (मंगलबार) सार्वजनिक भिडियो तोडमोड, काँटछाँट गरी भिडियो सार्वजनिक गरिएको भन्दै सचिवालयले प्रहरी प्रशासनसँग अनुरोध गरेको छ । यस विषयमा सचिवालयले कानुनी परामर्श थालिसकेको समेत उल्लेख गरेको छ ।

सचिवालयका अनुसार यो भिडियो पुरानो हो । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने धम्कीको सूचना सचिवालयमा कर्णालीका एक माननीयमार्फत आएको थियो । नक्सालको एक होटलबाट समेत सावधान हुन खबर आएको सचिवालयले उल्लेख गरेको छ ।

एमालेका कार्यकर्ता रहेका ती व्यक्तिले नयाँ गठबन्धन बनेपछि मन्त्री आलेविरुद्ध नकारात्मक कमेन्ट गर्न थालेको समेत सचिवालयले जनाएको छ । उनले आर्थिक सहयोग चाहियो भन्दै बार्गेनिङ गरेको समेत सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस