पौने २ बजेपछि सेयर बजारमा रौनकता, ५३ अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पौने २ बजेपछि सेयर बजारमा रौनकता, ५३ अङ्कले बढ्यो नेप्से


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । आज (मंगलबार) पौने २ बजेपछि सेयर बजारमा एकाएक रौनकता थपियो । पौने २ बजेपछि उकालो लागेको बजार अन्तत: कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा ५३.३० अङ्कले बढ्यो ।

मंगलबार बजार बन्द हुँदा परिसूचक नेप्से २७५४ अङ्कमा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ । कुल ३ अर्ब २३ करोडको कारोबार भयो । यसअघि हिजो ३ अर्ब ६८ करोडको भएको थियो ।

सबै उपसमूह बढेका छन् । बैङ्किङ १४, विकास बैङ्क १२७, फाइनान्स ६५, होटल तथा पर्यटन ४९, जलविद्युत् १३८, लगानी २, जीवन बीमा १८७, उत्पादन ३७, लघुवित्त १४५, निर्जीवन बीमा १८५, अन्य ७५ र व्यापार उपसमूह ३९ अङ्कले बढे ।

कुल १७९ कम्पनीको मूल्य बढ्दा ७ को घट्यो भने ५ को स्थिर रह्यो । न्यादी जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । तेह्रथुम पावरको ८.७ र हिमालय ऊर्जाको ७।७ प्रतिशतले बढ्यो ।

हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर, नेपाल टेलिकम, अरुणभ्याली हाइड्रोपावर र जीवन विकास लघुवित्त कारोबार रकमका आधारमा क्रमशस् अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस