एमसीसी चीनलाई घेर्ने सैन्य रणनीति हो: मेटमणि « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमसीसी चीनलाई घेर्ने सैन्य रणनीति हो: मेटमणि


३ फाल्गुन २०७८, मंगलबार


बुटवल । नेकपा एकीकृतका लुम्बिनी प्रदेश अध्यक्ष एवं संघीय सांसद मेटमणि चौधरीले अमेरिकी सहयोग परियोजना एमसीसी सैन्य रणनीति भएको दाबी गर्दै फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले एमसीसीको ५० लाख डलर हरेक रात सडकमा सुत्न बाध्य भएका ५ लाख अमेरिकी जनताको सेवामा खर्च गर्न सुझाव दिएका छन् ।

एमसीसी इन्डोनेसियादेखि प्रशान्त महासागर प्रयोग गरेर चिनलाई घेर्न अमेरिकाले बनाएको योजना भन्दै यो स्वीकार्न नसकिने बताएका छन् ।

चौधरीले लेखका छन्, ‘हामी कुनै पनि राष्ट्रको सैन्य रणनीतिमा संलग्न हुँदैनौं, सबैसँग पञ्चशीलको आधारमा समान व्यवहार गर्दछौं तर तिम्रो उपस्थितिले हामीलाई तिमीमा संलग्न हुन बाध्य बनाँउछ । यसैले तिम्रो उपस्थिति नेपालमा कुनै पनि हालतमा हुनु हुँदैन । किनकि हामी असंलग्न नीति मान्ने राष्ट्रका जनता हौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस