एमसिसी संसदबाट अनुमोदन हुनुपर्ने काँग्रेस संसदीय दलको निर्णय « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एमसिसी संसदबाट अनुमोदन हुनुपर्ने काँग्रेस संसदीय दलको निर्णय


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले अमेरिकी सहयोग सम्झौता एमसिसी संसदबाट अनुमोदन हुनुपर्ने निर्णय गरेको छ ।

काँग्रेस संसदीय दलको आजको बैठकले २०७६ साल असार ३० गते प्रतिनिधिसभामा पेस भएको एमसिसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

काँग्रेस महामन्त्री गगन थापाले एमसिसीबारे नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको अघिल्लो सरकारले संसदमा दर्ता गराएको प्रस्ताव संसदमा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताए ।

‘ओली सरकारले दर्ता गरेको एमसिसी सम्झौता अनुमोदन सम्बन्धी प्रस्तावबारे प्रतिपक्षमै हुँदा पनि काँग्रेसले निर्णय लिइसकेको थियो । आजको बैठकले त्यो प्रस्ताव संसदबाट पारित हुनुपर्ने निर्णय गरेको छ’, थापाले भने ।

बैठकमा काँग्रेस सांसदहरूले एमसिसीमा केन्द्रित भएर धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा. नारायण खड्का र पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसिसीबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस