प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौं । प्रख्यात साहित्यकार तारानाथ शर्माको निधन भएको छ । शर्माको मङ्गलवार बिहान घरमै निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङले पुष्टि गरे ।

८७ वर्षीय शर्मा अल्जाइमर तथा अन्य विभिन्न रोगबाट पीडित थिए । उनको अहिले केही वेरमा पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी गरिएको छ ।

नेपाली साहित्यमा झर्रो वादी आन्दोलनका अभियन्तासमेत रहेका शर्माका बेलायततिर बरालिँदा, नघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस