सभामुखलाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन प्रधानमन्त्रीको आग्रह « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सभामुखलाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन प्रधानमन्त्रीको आग्रह


३ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद बैठक बस्ने वातावरण बनाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

काँग्रेस संसदीय दलको जारी बैठककै बिच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधवार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

काँग्रेस संसदीय दलको बैठकमा सांसदहरुले बुधवारको बैठक बस्ने वा नबस्नेबारे निधो खोजेपछि प्रधानमन्त्री देउवाले सभामुखसँग संवाद गरेका हुन् ।

प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपनि संसद बैठक सञ्चालन गर्नुपर्ने पक्षमा रहेको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस