२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल–पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि पाकिस्तानी राजदूत शेद हैदर शाहलाई आग्रह गरेको छ ।

दुई देशबीचको व्यापार सहजीकरण गर्न काठमाडौँ र कराँचीबीच सिधा हवाई सम्पर्क आवश्यक रहेको चेम्बरले जनाएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत शाहसँग चेम्बर भवन, जमलमा आज (सोमबार) भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले तीन घण्टाको दूरी रहेको दुई मुलुकबीचको व्यापार र पर्यटन वृद्धिका साथै अन्य आर्थिक गतिविधि विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफूहरू तयार रहेको अध्यक्ष मल्लले बताएको विज्ञप्तिमा छ ।

पाकिस्तानबाट नेपालले अहिले छोगडा, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पल लगायत सामग्री आयत गर्दै आएको छ भने मह, कफी, चिया, हस्तकलाका सामान, अलैँची, आँखाको लेन्स, ऊनी धागो लगायत वस्तु निर्यात गर्ने गरेको छ ।

नेपालले पाकिस्तानबाट वार्षिक १ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको वस्तु आयत गर्ने गरेको र १० करोड ४ लाख रुपैयाँ बराबरका सामग्री निर्यात गर्ने गरेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

राजदूत शाहले हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाट पहल हुनुपर्ने बताए । नेपाल र पाकिस्तान दुवै मुलुकलाई फाइदा हुने गरी आर्थिक सम्भावनाका क्षेत्रहरूको पहिचान गर्नुपर्ने उनको भनाइ थियो । दुई देशका चेम्बर अफ कमर्सका पदाधिकारीहरूको छलफल गराएर व्यापारिक गतिविधि विस्तारका लागि आफूले पहल गर्ने राजदूत शाहले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस