महाभियोगले सत्ता गठबन्धनलाई गम्भीर असर पर्ने देउवाका ज्योतिषीको भविष्यवाणी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

महाभियोगले सत्ता गठबन्धनलाई गम्भीर असर पर्ने देउवाका ज्योतिषीको भविष्यवाणी


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णयले सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी रिजालले महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्न सक्ने योग निर्माण भएको बताएका हुन् ।

जबरालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ

प्रधानन्यायाधीश राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनको भनाइ छ । सत्ता पक्षलाई ६० दिन खड्गो छ भनेर माघ १८ गते नै जानकारी गराई सकेको रिजालले उल्लेख गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस