याक एन्ड यति बन्द गर्ने निर्णय कार्यान्वयन गर्न गृहको निर्देशन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

याक एन्ड यति बन्द गर्ने निर्णय कार्यान्वयन गर्न गृहको निर्देशन


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले याक एन्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृहले फागुन १ गते काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारबाही गर्न निर्देशन दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ करोड राजश्व नतिर्ने याक एन्ड यति होटलको पाँचतारे वर्गीकरण रद्द गर्दै क्यासिनोको पनि लाइसेन्स खारेज गरेका थिए ।

मन्त्रालयले याक एन्ड यतिको चल अचल सम्पत्ति रोक्का राखेर होटल बन्द गर्ने निर्णय गरेको छ ।

पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले राजश्व असुलका लागि मन्त्रालयले गरेको काममा गृह प्रशासनबाट सहयोग नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

यसबीचमा मन्त्री आलेले गृहमन्त्री बालकृष्ण खाँणसँग समेत कुराकानी गरेपछि गृह मन्त्रालयले जिल्ला प्रशासनलाई पत्राचार गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस