फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

फागुन तेस्रो साता कर्मचारी युनियनको महाधिवेशन हुने


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुनको २१ गतेदेखि २३ गतेसम्म महाधिवेशन हुने भएको छ । कोरोना संक्रमणका कारण गत माघ ८–१० का लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।

त्यति बेला नै महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको युनियनले कोरोना सङ्क्रमण बढ्दै गएकाले प्रशासनले भिडभाड हुने कार्यक्रममा रोक लगाएपछि स्थगित भएको थियो । सो बेला युनियनको भर्चुअल बैठकले माघ महिनाभरका लागि महाधिवेशन स्थगित गरेको थियो । अहिले अवस्था सहज भएकाले फागुन २१–२३ का लागि तय गरिएको हो ।

युनियनको आइतबार बसेको भर्चुअल बैठकले महाधिवेशनको मिति तय गरेको उपमहासचिव दुर्गाप्रसाद फुयाँलले जानकारी दिए । युनियनको वर्तमान कार्यसमितिको म्याद चैत्रसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशन गर्ने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस