सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीद्धारा राजीनामा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीद्धारा राजीनामा


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ। सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । जन्म मिति सम्बन्धी विवाद भएपछि धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् ।

प्रदेश प्रमुख जोशीले धामीले बुझाएको राजीनामा पत्र आइतबार नै स्वीकृत गरेको जानकारी सभामुख अर्जुनबहादुर थापालाई गराइसकेको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुख थापाका स्वकीय सचिव कवीन्द्र रोकायाले सचिव धामीको राजीनामा स्वीकृत भएसँगै कानुन उपसचिव दोजेन्द्र काफ्लेलाई निमित्त सचिवको जिम्मेवारी दिइएको जानकारी दिए ।

सचिव धामीको नागरिकता र शैक्षिक प्रमाण पत्रमा फरक–फरक जन्म मिति राखिएको र सचिव पदका लागि अयोग्य भएको भन्दै विवाद भएको थियो ।

२०३३ सालमा जारी भएको धामीको नागरिकतामा १८ वर्ष उल्लेख भए पनि शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति २०१६–११–२९ उल्लेख छ ।

प्रदेशसभा सचिवमा ४५ वर्ष पूरा भएर ६० वर्ष पूरा नभएको व्यक्तिलाई नियुक्त गर्ने प्रावधान ऐनमा राखिएको छ । धामी २०७६ सालको जेठ २८ गते प्रदेशसभा सचिवमा नियुक्त भएका थिए ।

नागरिकता अनुसार धामीले उक्त मितिमा ६० वर्ष पूरा भइसकेपछि नियुक्ति लिएको भन्दै विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस