मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता छ: ठाकुर « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता छ: ठाकुर


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । लोसपा अध्यक्ष महन्थ ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता रहेको बताएका छन् । आइतबार जनकपुरधाममा एक कार्यक्रमका बिच प्रादेशिक कार्यालयको समुद्घाटन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।

त्यस्तै वरिष्ठ नेता सरतसिंह भण्डारीले मधेश र मधेशीको समस्या समाधानका लागि अझै पनि आन्दोलनको आवश्यकता रहेको बताए । मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश कार्यालय स्थापना गरेको छ ।

सो कार्यक्रममा लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, धनुषा अध्यक्ष तथा प्रदेश सांसद परमेश्वर साह, सांसदहरु अभिराम शर्मा, प्रदेश सचिव रामबिनोद चौधरी, पुर्व सांसद दिनेश साह, सङ्घीय सांसद उमाशङ्कर अरगरिया, संसदीय दलको उपनेता रानी तिवारी लगायतका नेता कार्यक्रताहरुको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस