फुटबल: एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फुटबल: एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्र्तगत भएको दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग भने गर्न सकेनन् ।

यस बराबरी खेलसँगै सङ्कटा १० खेलबाट १५ अङ्क जोडेर अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ भने समान खेल खेलको एपीएफ ११ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा यथावत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस