सभामुखले बोलाए सर्वदलीय बैठक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सभामुखले बोलाए सर्वदलीय बैठक


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा सत्ता गठबन्धनका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएपछिको घटनाबारे छलफल गर्न सभामुखले बैठक बोलाएका हुन् ।

सभामुखको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बोलाइएको हो ।

बैठकमा संसदमा एमालेले गर्दै आएको अवरोध खुलाउने र महाअभियोग प्रस्ताव प्रक्रियामा लैजाने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस