महानिर्देशक सुवेदीका ११ महिनाका २२ काम « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

महानिर्देशक सुवेदीका ११ महिनाका २२ काम


१ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । राष्ट्रिय किताबखाना(निजामती)का महानिर्देशक नेत्र सुवेदीले एघार महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । महानिर्देशक सुवेदीले एघार महिना एघार दिनका मुख्य २२ कामहरूको सुची सार्वजनिक गरेका हुन् ।

प्रशासन डटकमलाई प्राप्त विवरण अुनशार महानिर्देशक सुवेदीले जनशक्ति सम्बन्धी सूचना रणनीतिले समावेशी, समग्र वा एकीकृत र अद्यावधिक सूचना तथा तथ्याङ्कको माग गर्ने र त्यस्तै कार्य वातावरण एवम् समूह भावनासहितको कार्यालय परिवार पनि उत्तिकै महत्त्वपूर्ण हुन आउने बताए ।

उनका ११ महिने प्रगति विवरणमा अनिर्णीत अवस्थामा रहेको पिआइएस रिइन्जिनियरिङको फाइल टुङ्गो लगाई पिआइयस सम्बन्धी सबै कार्यको कार्य प्रक्रियासँग आबद्ध गर्ने काम अन्तिम चरणमा पुगेको र नयाँ प्रणालीबाट काम हुँदा धेरै विषयहरू अपग्रेड हुने विश्वास व्यक्त गर्दै २०७८ फागुन भित्रै नयाँ सिस्टम रन हुने रहेको छ ।

यस्तै प्रदेश तथा स्थानीय तहमा कार्यरत रहने कर्मचारी एवम् स्थानीय तहको अन्य सेवामा कार्यरत कर्मचारीको अभिलेख राख्ने प्रणालीलाई अन्तिम चरणमा पुर्‍याउनुका साथै पिएलजिएसपीको बजेट स्रोतमा प्रणाली तयार भएको र अव तालिम तथा अन्य प्रशासनिक तयारी पछि प्रणालीमा प्रयोगमा आउने उनले उल्लेख गरेका छन् ।

कार्य विवरण अनुसार २०७८ असोजदेखि मङ्सिर मसान्त सम्म व्यक्तिगत विवरण अद्यावधिक गर्ने अभियान (पिआइएस अपडेट क्याम्पेन)सञ्चालन गरेर केही कार्यालय र १४ हजार ७०८ जना कर्मचारीको विवरण अद्यावधिक गर्ने काम भएको छ ।

प्रगति विवरणमा २०७८ फागुनदेखि नै कार्यालय परिसर सरसफाइ, हरियाली प्रवर्द्धन र अन्य साप्ताहिकरुपमा हुँदै आएकाविन्यासका काममा कार्यालयका सबै कर्मचारीको सहभागिता रहने जनाइएको छ । फलस्वरुप कार्यालय परिसरमा रहेको तलाउमा माछापालनमार्फत सौन्दर्य थप भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हामीहरू सेवा प्रदायक र सेवाग्राही जो हुँदा पनि कर्मचारी हौँ, पढेलेखेका देखे भोगेका जमात हौँ हामी उदाहरणीय बन्नै पर्दछ ।’

उनकाअनुसार सेवाग्राही सहायता कक्षलाई थप आकर्षक र सुविधा सम्पन्न बनाउन एसियन पेन्टस् र नेपाल टेलिकमको सहयोगमा कार्यालयको रंगरोगन र मर्मतमा समेत सहयोग जुटाइएको छ ।

यस्तै सूचनाको हकसम्बन्धी ऐनको प्रावधान बमोजिम हरेक ४ महिनामा कार्यसम्पादन र पहिचानसम्बन्धी सूचना अद्यावधिक हुने गरेको छ भने सरोकारवालाबाट माग भई आएको कार्यालयसम्वन्धी सूचना सम्बन्धित शाखासँगको समन्वयमा सूचना अधिकारीले उपलब्ध गराउँदै आएको पनि जनाइएको छ ।

राष्ट्रिय किताबखाना (निजामती)मा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता मन्त्रिस्तरको निर्णयपछि २०७८ कार्तिकदेखि कार्यान्वयनमा आएको जनाउँदै माघ २८ गते नै यससम्बन्धी संक्षिप्त अभिमुखीकरण समेत भएको सुवेदीले उल्लेख गरेका छन् ।

सुवेदीका अनुसार आन्तरिक नियन्त्रण प्रणालीको प्रारम्भिक खाका तयार भएको र यसलाई सबैको सहभागिता र विज्ञको परामर्शमा अन्तिम रूप दिनको लागि पेफा सचिवालयसँग वित्तीय स्रोत अनुरोध गरी पठाइएको छ ।

कोभिड-१९ को क्रमिक लहरमा पनि यस सन्दर्भमा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय तथा अन्य सरोकारवाला कार्यालयहरूसँग जुम अन्तरक्रिया गरेको र राष्ट्रिय कितावखाना (प्रहरी) बाट तीन वटा प्रदेशका लागि जुम अन्तरक्रिया सम्पन्न भएका छन् ।

यस्तै पुराना अभिलेख व्यवस्थापनमा जोड दिँदै क्षतिग्रस्त भवनबाट उद्धार भएका सम्पत्ति विवरणहरूको व्यवस्थापन सम्पन्न भएका, उपदान लगायतका पुराना अभिलेखलाई व्यवस्थित भण्डारण भइरहेको, यस आर्थिक वर्षको पहिलो, दोस्रो र तेस्रो त्रैमासिकका सबैजसो खरिद प्रक्रिया प्रारम्भ भई प्रगति भइरहेको, सार्वजनिक खरिद सम्बन्धी तालिममा सहभागी भई दक्षता हासिल भएको समेत उनले बताए ।

सुवेदीले ज्ञान व्यवस्थापनलाई ध्यानमा राखी मिनी लाइब्रेरी (बुक कर्नर)सञ्चालनमा ल्याई माइन्ड म्यानेजमेन्ट वर्कसप सञ्चालन गरिएका, कर्मचारीहरूको उपस्थिति सम्बन्धमा ट्रयाकिङ गर्न २०७८ साउनदेखि विद्युतीय हाजिरी पूर्ण कार्यान्वयनमा ल्याइ अव अफिस अटोमेसनको लागि पनि तयारी भइरहेको बताएका छन् ।

यस्तै मासिकरुपमा नियमित स्टाफ मिटिङ वार्षिक तथा त्रैमासिक समीक्षा हुने गरेको भन्दै उनले काममा प्रोत्साहनका लागि तीन–तीन महिनामा उत्कृष्ट महिला र पुरुष कर्मचारीलाई सम्मान तथा पुरस्कारको व्यवस्था सहित हाजिरी जवाफ, कविता प्रतियोगिता जस्ता सिर्जनात्मक क्रियाकलाप सञ्चालन भएको समेत बताए ।

निवृत्तिभरण व्यवस्थापन कार्यालयसँग राष्ट्रिय किताब खानाको डाटा इन्टिग्रेसन अन्तिम चरणमा पुगेको र पिआइएसको नयाँ प्रणाली प्रयोगमा आएपछि पिएससी र इपीइ नालकोष लगायतसँग डाटा इन्टिग्रेसन हुने छ । भने राष्ट्रिय किताब खानाको एकीकृत वेबसाइट तथा विषयगत किताबखानाहरुको अलग अलग वेबसाइट प्रयोगमा ल्याइएको छ । साथै गत २ वर्षको वार्षिक प्रगति प्रतिवेदनको पुस्तिका एकीकृत फर्म्याटमा प्रकाशित भएको जनाइएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण जिइसआई सम्बन्धी तथ्याङ्क जेनरेट गर्ने प्रणाली प्रयोगमा ल्याइएको हुनाले केही खुल्न बाँकी बाहेक सम्बद्ध तथ्याङ्क प्राप्त हुने विश्वास महानिर्देशक सुवेदीको विश्वास छ ।

पछिल्लो समयमा बेरुजु घटिरहेको परीपेक्षमा केही वर्ष यता राष्ट्रिय किताब खानाको भने बेरुजु शून्य छ । सम्पत्ति विवरण बुझाउने सम्बन्धमा व्यापक प्रचारप्रसार तथा तथ्याङ्क सेयर गरिएको र तुलनात्मकरुपमा नबुझाउनेको सङ्ख्या पनि घटेको जनाइएको छ ।

कार्यकक्ष व्यवस्थापन लगायत कार्यवोझअनुसार जनशक्ति व्यवस्थापन गरी सेवा प्रवाहलाई प्राथमिकता दिँदै नागरिक बडापत्र र सेवा कक्ष चिनाउने वोर्डहरु राखी पब्लिक एडमिस्ट्रेशन एसोसिएसन अफ नेपाललाई किताब खानाको कार्यालय परिसरभित्र विशेषज्ञ संस्थाको रूपमा कार्यालय सञ्चालनमा सहजीकरण गरिएको छ ।

साबिकदेखि प्रारम्भ भएको र बाँकी व्यक्तिगत फाइलको डिजिटाइजेसनमा जोड दिइएको छ । यस अन्तर्गत नियमित बजेटबाट डिजिटाइजेसन कार्य भइरहेको र प्रदेश तथा स्थानीय तहतर्फका कर्मचारीको किताब खानामा रहेका फाइलहरूको समेत डिजिटाइजेसनका लागि प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रमबाट सूचना प्रकाशित भएको जनाइएको छ ।

इपेन्सनपट्टाको तयारीस्वरुप विज्ञ परामर्शदाता सम्मिलित टोलीबाट अध्ययन भइरहेको छ, अध्ययनको मस्यौदा प्रतिवेदन प्राप्त भई थप केही गहिरो बनाउन कमेन्ट पठाइएको छ भने अन्तिम प्रतिवेदनका आधारमा आगामी वर्ष यसका लागि सफ्टवेयर तथा अन्य कार्य प्रणालीमा गर्नुपर्ने परिवर्तनका लागि कार्यक्रम प्रस्ताव गरिनेछ ।

ऐतिहासिक महत्त्वका पुराना अभिलेखको संरक्षणका लागि सम्बद्ध सम्पदा विज्ञको समेत राय सुझाव लिई आगामी कार्यक्रममा स्रोत प्रस्ताव गर्न पुर्वसंभाव्यता अध्ययन भइरहेको समेत महानिर्देशक सुवेदीले बताए ।

साथै राष्ट्रिय किताब खानाका महानिर्देशक नेत्र सुवेदीले आगामी दिनमा टिम स्प्रिट, प्रो एक्टिभ पीआइएस अपडेटमा लागी सहकार्य र पहल,आधुनिक र सुविधा सम्पन्न भवन, आवतजावतका लागी सवारी साधनको व्यवस्था, पुराना र महत्त्वपूर्ण अभिलेख किताब जोगाउने गरी कार्यक्रम प्रस्ताव गर्ने प्रयत्न सहित काम जारी राख्नुपर्ने बताएका छन् ।

कार्यसंचालनमा सहजताकालागी प्रोत्साहन तथा पहल र सुविधा पाउने हकवालाको देहान्त भएपछि सो अनुसार अभिलेख तामेली गर्ने कामको थालनी गरिने समेत उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस