भेरी अस्पतालमा २३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भेरी अस्पतालमा २३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु


१ फाल्गुन २०७८, आइतबार


दाङ । बाँकेको भेरी अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका-२ बाँकेका २३ वर्षीय पुरुषको आज (आइतबार) बिहान पाँच बजे भेरी अस्पतालमा मृत्यु भएको बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

मृतक गत माघ २७ मा सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा उपचाररत थिए । वलीका अनुसार मृतकले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।

योसँगै बाँके जिल्लाको मृत्यु सङ्ख्या ३५१ र अन्य जिल्लाको मृत्यु सङ्ख्या ४४५ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस