दाताको सहयोगमा १३ कोठे विद्यालय भवन निर्माण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाताको सहयोगमा १३ कोठे विद्यालय भवन निर्माण


१ फाल्गुन २०७८, आइतबार


गलकोट । ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टको सहयोगमा निसिखोलामा १३ कोठे विद्यालय भवन निर्माण गरिएको छ ।

बागलुङको निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयमा वेलफेयरले १३ कोठे भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ ।

बेलायती नागरिक रव अबरेन्ट्रीकोे आर्थिक सहयोगमा ब्रिटिस गोर्खा वेलफेयर ट्रस्टले उक्त विद्यालय भवन निर्माण गरेको हो । दातृ संस्था गोर्खा वेलफेयर ट्रस्ट नेपालले प्रभा माविको दुई करोड तीन लाख लागतमा १३ कोठाको विद्यालय भवन निर्माण गरेको विद्यालयका प्रधानाध्यापक नवराज आचार्यले जानकारी दिए ।

विद्यालयको भौतिक अवस्था निकै जीर्ण रहेकाले हाम्रो अनुरोधमा ट्रस्टले एक वर्षको अवधिमा उक्त भवन निर्माण सम्पन्न गरेर विद्यालयलाई हस्तान्तरण गरेको आचार्यको भनाइ छ ।

भवन निर्माणका लागि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराउँदा पनि काम नभएपछि ब्रिटिस गोर्खा वेलफेयर ट्रस्ट नेपालमा सहयोगका लागि आग्रह गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेशविक्रम शाहीले जानकारी दिए ।

विद्यालय भवन निर्माणका लागि सहयोग गरेका रब आएर पुनः ६० लाख बराबरको अन्य संरचना निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएक छन् ।

विद्यालयमा अहिले पनि ६७५ विद्यार्थी अध्ययनरत रहेका छन् । विसं २०१७ मा स्थापना भएर अहिले कक्षा १२ सम्म अध्यापन हुँदै आएको उक्त विद्यालयमा कक्षा ९ देखि १२ सम्म दुई÷दुईवटा कक्षा छुट्याएर अध्यापन गराइरहेको विद्यालयले जनाएको छ । भौतिक पूर्वाधार निर्माणपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहज भएको विद्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस