एमसिसी सम्झौताका केही प्रावधान संशोधन गर्न समाजवादी प्रेस सङ्गठनकाे माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमसिसी सम्झौताका केही प्रावधान संशोधन गर्न समाजवादी प्रेस सङ्गठनकाे माग


२९ माघ २०७८, शनिबार


काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ ।

सङ्गठनको सचिवालय बैठकले एमसिसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)का मोर्चा सङ्गठनले राष्ट्र हितको पक्षमा आवश्यक संशोधन गरी संसद्बाट अनुमोदनका लागि उचित वातावरण सिर्जना गर्ने उद्देश्यले आगामी फागुन १ गते सबै जिल्ला सदरमुकाममा गर्न लागेको दबाब तथा चेतनामूलक प्रदर्शनमा सो प्रेस सङ्गठनले संस्थापक सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीलाई सहयोग गर्न परिपत्र गरेको महासचिव भूपराज खड्काले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस