काठमाडौँ । साताको छैठौं दिन आज (शुक्रबार) बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो (बिहीबार) प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबारदेखि बढ्दै आएको छ ।
तेजाबी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज पनि स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबारदेखि चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।