डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप


२८ माघ २०७८, शुक्रबार


डोटी । जिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ ।

यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । यहाँका नौ वटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

उनका अनुसार हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौ वटै स्थानीय तहका २७ हजार ३०० बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो ।

यहाँका विद्यालय, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस