काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) पनि बस्दै छ ।
हिजो (बिहीबार)बाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
काँग्रेसले एमसीसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्षसमेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्नेछन् ।