अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन् : युनिसेफ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन् : युनिसेफ


२८ माघ २०७८, शुक्रबार


काबुल । अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठुलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दाबी गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो ।

युनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

विशेष गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएकाले उनीहरूको जीवन जोखिममा रहेको युनिसेफका अधिकारीहरूको भनाइ छ ।

‘तत्काल ठोस सहयोग गर्ने कार्य गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जान सक्छ, त्यसैले उच्च प्राथमिकताका साथ सहयोगका लागि काम गर्नुपर्ने टट्कारो आवश्यकता छ,’ अफगानिस्तानस्थित युनिसेफको कार्यालयले उल्लेख गरेको छ ।

कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको युनिसेफले जनाएको छ ।

बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस