नेपाल–भारत सीमा नाका चार दिन बन्द « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपाल–भारत सीमा नाका चार दिन बन्द


२८ माघ २०७८, शुक्रबार


बैतडी । भारतले उत्तराखण्ड राज्यमा हुने विधान सभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ ।

बैतडी र दार्चुलासित जोडिएका नाका भारतले माघ २८ (आज) देखि आगामी फागुन २ गतेसम्म बन्द गर्न लागेको हो ।

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका आज (शुक्रबार) साँझ पाँच बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

सो विषयमा भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस