दिउँसो २ बजे काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दिउँसो २ बजे काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


२७ माघ २०७८, बिहिबार


काठमाडौँ । आज नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बुधबार बसेको सभापति शेरबहादुर देउवा बाहेकको पदाधिकारी बैठकले केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो ।

काँग्रेसले हालै ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो । समितिको यो पहिलो बैठक हो ।

Tags :
प्रतिक्रिया दिनुहोस