शोधनान्तर घाटा अहिलेसम्मकै उच्च « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शोधनान्तर घाटा अहिलेसम्मकै उच्च


२६ माघ २०७८, बुधबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शोधनान्तर घाटा अहिलेसम्मकै उच्च देखिएको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा शोधनान्तर घाटा २४१ अर्ब २३ करोड रुपैयाँ रहेको हो ।

गत आर्थिक वर्ष यही अवधिमा १२४ अर्ब ९२ करोड बचत रहेकोमा यो वर्ष २४१ अर्ब पुगेको हो ।

आर्थिक वर्षको पहिलो ६ महिनामा अमेरिकी डलर २ अर्ब २ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोडले अमेरिकी डलर बचत रहेको थियो ।

चालु आर्थिक वर्षको मंसिर महिनामा मात्र करिब ४५ अर्ब शोधनान्तर स्थिति घाटामा रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस