एमाले अध्यक्ष ओली रौतहट जाँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमाले अध्यक्ष ओली रौतहट जाँदै


२६ माघ २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अगामी फागुन १७ गते रौतहट जाने भएका छन् ।

मौलापुर नगर प्रमुख रिना कुमारी साहको निमन्त्रणामा प्रमुख अतिथिको रूपमा मधानी महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली रौतहट जान लागेका हुन् ।
मेयर साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।

मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस