‘कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

‘कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’


२६ माघ २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री तथा काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धा सुमन अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत काँग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनले पार्टीमा पुर्‍याएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका हुन् ।

नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका काँग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस