सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

भोलि (बुधबार) दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यो समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।

संसद सचिवालयले बुधबारको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेस गर्ने र संविधानसभाका सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस