आठ लाख मात्रा खोप नेपाल आइपुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आठ लाख मात्रा खोप नेपाल आइपुग्यो


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ ।

बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनकाअनुसार आगामी फागुन १ गते १३ लाख १२ हजार मात्रा बाँकी खोप आउने छ । अहिलेसम्म नेपालमा चार करोड ६६ लाख मात्राभन्दा बढी खोप नेपाल आइसेकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस