राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति चुरे संरक्षण विकास समितिका पदाधिकारी बर्खास्त


२४ माघ २०७८, सोमबार


काठमाडौँ । सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीलाई बर्खास्त गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचै जना पदाधिकारीलाई बर्खास्त गरेको हो ।

उनीहरुलाई वन मन्त्री रामसहाय प्रसाद यादवको प्रस्तावमा प्रक्रिया पूरा गरेर बर्खास्त गरिएको एक मन्त्री जानकारी दिएका छन् ।

बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा. सुस्मिता ढकाल र भेषराज आचार्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस