खाजा घरमा तास खेलिरहेका ५ जना १६ हजार नगदसहित पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

खाजा घरमा तास खेलिरहेका ५ जना १६ हजार नगदसहित पक्राउ


२४ माघ २०७८, सोमबार


पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत ५ जनालाई आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

खाजा घरमा तास खेलाई रहेको भन्ने सुराकाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोली त्यहाँ पुगेको थियो ।

खालबाट १६ हजार ५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस